नया साल सुरु हुदै गर्दा शिव परियारको यस्तो शिव परियारको घोषणा

चर्चित कलाकार शिव परियारले भगवानको स्तुति गरिएका कुनै पनि गीत निःशुल्क रुपमा गाउने घोषणा गरेका छन् ।

नेपालबाहेक संसारका हरेक देशको नयाँ वर्ष सन् २०२० को सन्दर्भ पारेर उनले प्राणी तथा मानव कल्याणको उद्देश्य राखेर भगवानको स्तुतिका लागि गाइने भजन, स्तुति वा भक्ति संगीत कुनैमा पनि शुल्क नलिने भनी सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिबद्धता जनाएका हुन् ।

कसैले आवश्यक ठानेमा आफूले निःशुल्क रूपमा गाइदिने त्यस्ता गीतलाई व्यवसायिक योजनाका लागि भने तयार पारिएको हुन नहुने उनको सर्त छ । सामाजिक सेवाका भाव झल्किने त्यस्ता गीतको लागि आफूले समयको व्यवस्थापन गरेर स्वर भर्ने कलाकार परियारले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘नेपालबाहेक संसारको नयाँ वर्ष २०२० देखि मैले एउटा निर्णय गरेको छु ।’

उनले अगाडी थपेका छन्, ‘कुनै व्यवसायिक योजना नराखी समग्र प्राणी तथा मानव कल्याणको परम उद्देश्य राखेको छु। यदि तपाइँ मेरो आवाजमा भगवानको स्तुति गान, भक्ति संगीत, भजन रेकर्ड गराउन चाहनु हुन्छ। म मेरो व्यस्तताको समय भन्दा अलिक अनुकूल समय मिलाएर मेरो स्वरको कुनै मूल्य नलिई फ्री मा भजन रेकर्ड गर्न स्वर दिने छु।’

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्-

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *