‘चपली हाइट ३’को गीतमा स्वस्तिमा र सुपुष्पाको बो’ल्ड अवतार (भिडियो सहित)

काठमाडौँ – चलचित्र चपली हाइट ३ को गीत सार्वजनिक भएको छ । चैत्र २८ गते देखी प्रदर्शनमा आउने चलचित्र चपली हाइट ३ को गीत सोमबार सार्वजनिक गरिएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । ‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा डिपी खनालका शब्द छन् भने सुवास भुसालले सङ्गीत दिएका छन् ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ ।  भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बो’ल्ड अवता’रमा नाच्दै गरेको देख्न सकिन्छ । निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । लयसैगरी फिल्मलाई अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने सुवास भुसाल र अर्जुन कुमारले संगीत दिएका छन् ।

भिडियो हेर्नुहोसः भिडियो हेर्न यहाँ थिच्नु होला 

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *