अञ्जली अधिकारी फिचर्ड ‘तिमि त्यसै त्यसै राम्री’को भिडियो हेर्नुहोस्

काठमाडौं / संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत “तिमि त्यसै त्यसै राम्री” सार्बजनिक भएको छ ।

‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् ।

शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् ।
भिडियो हेर्नुहोस:भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

अन्य समाचार : प्रत्यक्ष दोहोरी गाएर भाईरल भएकी बाल गाइका कमला घिमिरे जस्तै आर्की बाल गाईका आयुषा गौतम पनि समाजिक सञ्जालमा आएकी छन् | कमला घिमिरे केही महिना अगाडि मात्र बाह्रौं वर्ष भइन् तर आयुषा गौतम अहिलेसम्म मात्र आठ वर्षकी भएकी छन् |

जसरी कमला घिमिरेले आम दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने गर्थिन् त्यस्तै आयुषा गौतमले पनि निकैनै मनोरञ्जन दिने गरेको पाइएको छ | कमला घिमिरेलाई पहिलोपटक अमृत सापकोटाले मिडियामा ल्याएका थिए भने आयुषा गौतमलाई इन्द्रेणी समाजका कृष्ण दाईले मिडियामा लिएर आउनुभएको थियो |

जब आयुषाले इन्द्रेणी कार्यक्रममा आफ्नो प्रस्तुती दिइन् त्यसपछि उनी एकाएक चर्चामा आइन् | बिगत एक बर्ष बाट आफुले दोहोरी गाउन सुरु गरेको बताउने आयुषा गौतम निकै राम्रो दोहोरीका गाउछिन | उनले आफ्ना वरिपरिका मानिसहरूलाई आफू अबको एक वर्षपछि भाइरल हुने पनि बताउने गरेकी थिइन् |

उनले आफू नेपालमै राष्ट्रिय स्तरमा ख्याती प्राप्त गायीकाहरुसँग दोहोरी गाउन तयार रहेको पनि बताएकी छिन् | उनले केही समयअघिमात्र राजु परियार र छत्र शाही लगायतका गायक संगको भिडियो युट्युबमा निकै दर्शकहरुले मन पराउनु समेत भएको थियो |
पछिल्लो समय आइसकेको गौतम इन्द्रेणी टिमसँग ठाउँमा गएर दोहोरी पनि गाइसकेकी छन् | उता कमला घिमिरे भाइरल भएपछि उनलाई आफ्नो कार्यक्रमको समय तालिका मिलाउन भ्याइनभ्याइ छ दर्शकको रोजाइमा कमला घिमिरे अहिले नम्बर एकमा छिन् |

जसरी कमला घिमिरेको प्रतिभा मनपराएर आम नेपाली दाजुभाई दिदीबहिनीहरुले मन पराउनुभयो त्यसरीनै आयुषा गौतमको प्रतिभा पनि मन पराएर आम नेपाली दाजुभाई दिदीबहिनीहरुले उहाँलाई मनपराउनुहुन्छ भने हामीले विश्वास पनि लिएका छौं | कमला घिमिरे र आयुषा गौतमको नया भिडियो बजारमा आओस भन्ने हामी चाहन्छौं |

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *