धुर्मुसलाई बुद्धि र विल्सनले गरे ‘प्राँक’ सेन्टी भाइरसको प्रमोसनमा नहिँड्ने भनेपछि धुर्मुसको यस्तो जवाफ (भिडियो)

लामो समय कलाकारितावाट टाढा रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे लगायत हाँस्य कलाकारले निर्माण गरेको नयाँ फिल्म सेन्टी भाइरस प्रदर्शनको तयारीमा छ ।

फिल्मको प्रमोशनका लागि सो फिल्मका कलाकार दौडादौडमा लागेका छन् । तर एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिन पुगेका बुद्धि तामाङ्ग र विल्सन विक्रम राइले धुर्मुसलाई झुक्याएका छन् ।

प्राँक गरेर फिल्मको प्रमोशनमा आउन सक्दिन भनेर फोन गर्दा धुर्मुसले भनेको कुराले दर्शकलाई निकै हँसाउँछ । बुद्धिले म भोली नै दिल्ली जानुपर्ने भएकाले फिल्म रिलिजमा आउन नसक्ने भए भनेर सुनाएका थिए । बुद्धिले त्यसो भनेर फोन गरिरहँदा धुर्मुस निकै भावुक भएका थिए । उनले सबै राजनीतिक दलका नेता दिल्ली जाँदा रिजल्ट राम्रो आएको छैन तपाई यस्तो हितैसी मित्र रिलिजको दिन नआउँदा त्यसको असर राम्रो हुँदैन की भनेर सम्झाएका थिए ।

फिल्ममा उनीहरुको विपरित एंगलको भूमिका रहेको बताए । उनीहरुले बुद्धिको भूमिका सकारात्मक खालको र विल्सनको भूमिका कुनै कुरालाई हेर्ने दृष्टिकोण फरक राख्ने पात्र भएको जानकारी दिए । फिल्म र हाँस्य टेलिश्रृंखलावाट टाढा रहेर सामाजिक काममा ब्यस्त भएका धुर्मुस सुन्तलीले निर्माण गरेको यो चलचित्रवाट धेरै सकारात्मक प्रतिकृयाको आश गरेको बताएका छन् ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *