केकी अधिकारि र रिमा विश्वकर्माले नयाँ कमेडी रियालाटी शो ल्याउँदै…

काठमाडौं ०७ फागुन / रियालिटी शो ‘कमेडी च्याम्पियन’ निर्माण समुहले नयाँ रियालिटी शोको तयारी थालेको छ । निर्देशक विशाल भण्डारी, निर्माताद्वाय केकी अधिकारी अधिकारी र रिमा विश्वकर्माको समुहले च्याम्पियनको चटके नामक शोको तयारी थालेका हुन् ।

च्याम्पियन चटके मा सामुहिक हाँस्यव्यांग्य हुने निर्देशक भण्डारीले बताएका छन् । निर्देशक भण्डारीका अनुसार ‘च्याम्पियनमा सहभागी प्रतियोगीहरुलाई नै शोमा अनुबन्धित गरिनेछ ।

उनीहरुले नै विभिन्न विषयमा अभिनय गरेर कमेडी गर्नेछन् । यो शो सामुहिक हाँस्यव्यांग्यमा भिन्न प्रयोग र फरक स्वादको प्रस्तुती दिइनेछ । ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन तत्काल सुरु नहुने भएपछि ‘च्याम्पियन चटके’ सुरु गर्न लागिएको हो ।

कमेडी च्याम्पियनको यतिबेला टप चार बिच प्रतिस्पर्धा चलिरहेको छ । भोटिङ प्रणालिबाट हरेक हप्ता एक जना प्रतियोगी बाहिरिएका छन् । गत हप्ता सुमन कार्की बाहिरिएसँगै कमेडी च्याम्पियनमा ४ जना कमेडियन प्रतिस्पर्धि बाकि रहेको छ ।

इटहरीका सुमन कोइराला ‘दले दाइ’ स्याङ्जाका मेक्सम गौडेल ‘मेलु बाबा’ रोल्पाका खड्ग बहादुर पुन ‘खबपु’ र धादिङका हिमेस पन्त बाकि रहेको छ । चारजना मध्य उत्कृष्ट प्रस्तुत दिँदै हिमेस पन्त टप ३ मा सिधै प्रवेश गरिसकेको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *