महाशिवरात्रिमा यी ५ राशिका व्यक्तिमा छ महादेवको विशेष कृपा, तपाईको राशि कुन हो पढ्नुहोस ?

महाशिवरात्रिका दिन भगवान महादेवको पूजा आराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। शिवको पूजा गर्दा जीवनमा सुख समृद्धि आउने विश्वास गरिन्छ।

भगवान शिव भक्तसँग छुट्टै प्रशन्न हुने धार्मिक विश्वास छ। त्यसैले महाशिवरात्रिमा भक्तजनले भगवान शिवलाई प्रसन्न गराउन विभिन्न उपाय अप्नाउने गर्दछन्। यस महाशिवरात्रिमा केही राशिका लागि भगवान शिवको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिष सुरज मिश्राका अनुसार महाशिवरात्रिमा यी राशिका व्यक्तिलाई निकै राम्रो हुने विश्वास गरिन्छ।

मेष राशिः मेष राशिका व्यक्तिलाई यो शिवरात्रिमा भगवान शिवको विशेष कृपा रहने छ। यस बाहेक पेष राशिका व्यक्तिलाई भाग्यले पनि पूरा साथ दिनेछ। यदी तपाई घर किन्न चाहनुहुन्छ भने यो समयमा निकै शुभ रहनेछ। स्वास्थ्य लाभ रहनेछ। कुल मिलाएर मेष राशिका लागि उत्तम समय चलिरहेको छ।

वृशिकः यस महाशिवरात्रिमा वृशिक राशिका व्यक्तिको धनमा वृद्धि हुनेछ। व्यापारीलाई लाभ हुने योग छ। केही पुरानो धन अचानक प्राप्त हुने योग छ। सातो तिनो यात्राको योग छ। पद प्रतिष्ठाका साथ सामाजिक सम्मानमा वृद्धि हुनेछ।

सिंहः सिंह राशि हुने व्यक्तिलाई महाशिवरात्रिमा विशेष कृपा रहनेछ। तपाईले आफ्नो कार्य क्षेत्रमा निकै राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ। आत्मबल बढेर आउनेछ। पत्नीका साथसाथ विवादबाट बच्नुहोला।

तुलाः तुला राशिका लागि पनि यो महाशिवरात्रिमा निकै राम्रो फल प्राप्त हुनेछ। सवारी, घर बच्चा र स्कुलका लागि देखिएका सबै समस्या हटेर जानेछन्। शिवलिंगमा दही चढाउँदा राम्रो मानिने छ।

मीनः मीन राशिका व्यक्तिलाई यात्राका साथसाथ धनको पनि योग रहनेछ। यस समय तपाईले सवारी, जमिनलगायत सुख सुविधाका चीज खरिद गर्न सक्नुहुनेछ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *