र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ – प्रकाश सपुत

प्रकाश सपुत निकै खुसि हुदै आफ्नो फेसबुकमा यस्तो लेखछन :-

र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ – चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने ! “
सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर !

तर सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ । तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणिय नारायण रायमाझि सरको निर्देशनमा बन्ने चलचित्र “ परदेशि २ “ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु ।

चलचित्रको आज शुभ- मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश / विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुन: संगित कर्ममा फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ । मनै देखि बधाई र शुभकामना दिनुस है 🙏


सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *