स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल बनाउँदै श्वेता खड्का – तस्बिर सहित

काठमाडौं १९ फागुन / चर्चित अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । आज बिहान अस्पताल भवनको शिलान्यास गर्दै नायिका खड्का भन्छिन् :

“क्यान्सर पीडितहरुको सेवामा मेरो अर्को पाईला ”

आज, गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको सिलान्यास गर्न पाउँदा एउटा बेग्लै खुशी र आनन्दको महसुस भएको छ ।


क्यान्सरका कारण मैले मेरा अती आत्मिय दुई सदस्य गुमाएको छु । मेरो जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र मेरा आत्मिय भिनाजुको मृत्युको कारण बनेको ‘क्यान्सर’ रोग बिरुद्द मानसिक युद्द लडिरहेकी पनि छु । क्यान्सर पीडितहरु प्रती मेरो भिन्नै स्नेह , सद्भाव र साहनुभुती छ । मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरुको छट्पट्टी र पिंडालाई नियालेकी छु ।

मलाई थाहाछ, यो रोग बाट आफ्न आत्मिय ब्यक्तिहरु गुमाउनु पर्दाको पिंडा । मैले विगत ५ बर्षदेखी एउटा क्यान्सर अस्पातल खडा गर्ने धोको साँचिरहेकी थिएँ ।

आज त्यो धोको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेण्टरले पुरा गरिदिएको छु । बिगत १० बर्षदेखी क्यान्सरको क्षेत्रमा बिशेष योगदान दिंदै आएको यो अस्पतालले मलाई पनि एउटा सदस्यको रुपमा ग्रहण गर्दै मेरो सपनालाई साकार गर्ने बाटो खोलिदिएको छ । क्यान्सर पिंडितहरुलाई ब्यवसायिक रुपमा सेवा प्रदान गर्ने धेरै अस्पताल हरु छन् तर मानवियताको सोचलाई मुटुको एउटा कुनामा राखेर मन बचन र कर्मले सेवा गर्ने थोरै अस्पातलहरु छन् । यो अस्पतालको निर्माण पस्चात् क्यान्सर पिडिंतहरुले स्वच्छ सेवा पाउनेमा दुइमत छैन ।

क्यान्सरलाई कमाइ गर्ने माध्यम बनाउने सोचबाट अलिक टाढा रहेर निर्माण हुन लागेको यस् अस्पतालका संचालक समितिका पदाधिकारी तथा चिकित्सकहरु “मानवियता”को सोचले ओतपोत हुनुहुन्छ ।

जहाँ मानवियता को सोच हुन्छ त्यहा ब्यवसायिकता मात्र होइन स्वच्छ सेवाको भाव हुन्छ । यही भावनाको मिश्रणले आज एउटा सामुदायिक अस्पतालको जग बसेको छ । अबका केही बर्षमा यो जगमा खसेको इट्टाले अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित हुनेछ ।

मलाई यो महान कार्यमा लायक सम्झनुहुने यस अस्पतालका अग्रजहरुलाई म ,मनै देखी हार्दिक धन्यवाद दिन चाहन्छु ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *