लोक स्टार फिनाले कार्तिक ८ गते : को बन्ला पहिलो लोक स्टार ?

काठमाडौं / मौलिक लोक गायन रियालिटि शो आइएम ई नेपाल लोक स्टनारको फिनाले यहि कार्तिक ८ गते हुनगइरहेको छ ।

३२ अौं श्रृङखलाबाट टप चारमा आईपुगेका प्रतिस्पर्धिहरु रोल्पाका शनि विश्वकर्मा, स्याङ्जाका चेतन गोतामे, रामेछापका राम कुमार नेपाली र उदयपुरका विनोद दनुवार पहिलो लोक स्टार बन्ने होडमा छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुनेछ । साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ ।

‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् ।

आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

तिहारमा सेलरोटी बनाउने सजिलो तरिका… ( भिडियो हेर्नुहोस् )

काठमाडौं / नेपालीहरुको दोस्रो महानपर्व तिहार नजिकिँदै गर्दा गाउँ शहर झिलिमिलि बनेको छ । दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई मजबुत बनाउने पर्व तिहारमा टाढा टाढा रहेका माइती र चेलीको भेट हुने विशेष दिनको रुपमा पनि लिइन्छ ।

बिशेषगरि तिहारको बिशेषदिन भाइटीकामा दिदिबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका मखमली र सयपत्री फूलको माला लगाउने प्रचलन छ। तिहारमा विशेष गरि साथीभाइ जम्मा भएर मिलिजुली देउसी भैली खेल्दै रमाइलो गरि मनाउने पर्व हो ।

तिहारमा हरेक नेपालीको घर घरमा धेरै पाक्ने भनेको सेलरोटी हो । चामलको पिठो र मैदाबाट बन्ने सेलरोटीको महत्त्व यो पर्वमा विशेष हुन्छ’ तर, सेलरोटी छिटो र सजिलो तरिकाबाट कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने धेरैलाई थाहा नहनु सक्छ ।

सेलरोटी बनाउने सजिलो तरिका जान्न चाहनुहुन्छ भने ‘नेपाली किचेन’ले तयार पारेको यो विशेष भिडियो हेर्नुहोस् ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *