एजेन्सी / बेलायत प्रेमिका भेट्न गएका व्यक्तिलाई कोरोना संक्रमण भएको छ । बिजनेस मिटिङको बहाना श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका ति व्यक्तिलाई कोरोना संक्रमण भएको हो ।
ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका ति व्यक्ति प्रेमिकालाई भेट्न इटाली पुगे ।
इटाली पुगेका उनी केही दिन प्रेमिकासँगै बसेका थिए ।संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेको समाचारमा जनाइएको छ ।
अहिले ति व्यक्तिकी पत्नीलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । ढाट्दै प्रेमिका भेट्न पुग्ने ति व्यक्तिको नाम गोप्य राखिएको छ ।
प्रतीकात्मक तस्बिर